थाइरोइड ग्रन्थी (Thyroid gland)

पटक पढिएको
थाइरोइड ग्रन्थिको अवस्थान: घाँटीको अग्रभागमा रुद्रघंती भन्दा मुनि र सास फेर्ने नली  भन्दा अगाडी


थाइरोइड ग्रन्थिको आकार

  • पुतली आकारको - २ ओटा 'लोब' लाई बिचमा 'इस्थ्मस' ले जोडेको
  • २ इन्च लामो र १ आउन्स तौल
  • खैरो-रातो रङ्ग

थाइरोइड ग्रन्थीको काम

मष्तिष्कबाट पिटुटरी ग्रन्थिमा थाइराइड स्टिमुलेटिङ् हार्मोन - "टी.एस.एच" उत्पन्न हुन्छ। उक्त "टी.एस.एच" हार्मोन थाइरोइड ग्रन्थिमा गएर "टी-३" तथा "टी-४" हार्मोनहरू उत्पादन गर्न उत्प्रेरकको काम गर्छ। थाइराइड ग्रन्थिलाई "टी-३ (ट्राइआइओडो-थाइरोनिन)" तथा "टी-४ (थाइरोक्सिन)" हार्मोनहरू उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ। थाइरोइडले "क्याल्सिटोनिन" नामक अर्को हार्मोन पनि उत्पादन गर्छ।

थाइरोइड हार्मोनहरुको काम

टि-३ र टि-४ थाइरोइड हार्मोनले लगभग शरीरको सबै भागमा काम गर्दछ। यसले चयापचय (मेटाबोलिजम), वृद्धि र विकासलाई तथा तापक्रमलाई असर गर्दछ। शिशु र बाल्यावस्थामा मस्तिष्क विकासको लागि थाइरोइड हार्मोन पर्याप्त हुन आवश्यक छ।

क्याल्सिटोनिन हार्मोनले रगतमा "क्याल्सियम" र "फस्फोरस" को मात्रालाई नियन्त्रण गर्छ। यी नुनहरु हड्डीलाई बलियो रा स्वस्थ राख्न आवश्यक हुन्छ।

तपाईंको प्रतिक्रिया