प्यान्क्रियाज अथवा अग्न्याशय (Pancreas)

पटक पढिएको
प्यान्क्रियाजको अवस्थान: पेटको माथिल्लो भागमा - आमाशयको पछाडी



प्यान्क्रियाजको आकार: माछा आकारको - करिब ६ इन्च लम्बाई र २ इन्च चौडाइको

प्यान्क्रियाजको खण्डहरु:

१. टाउको (दाइने पट्टि - सानो आन्द्राको सुरुको भाग नजिक)

२. घाँटी

३. जिउ

४. पुच्छर (बायाँ पट्टि - फियो नजिक)

प्यान्क्रियाजको काम:


संरचनारुपकार्य
आइलेट्स् अफ ल्याङ्गरह्यान्सठूला, भूगोलाकारका झुप्पाहरुहर्मोन उत्पादन र सेक्रिसन (इन्डोक्राइन प्यान्क्रियाज)
१. इन्सुलिन (रगतमा सुगरको मात्रा मिलाउने)
२. ग्लुकागोन (रगतमा सुगरको मात्रा मिलाउने)
३. सोमाटोस्ट्याटिन (इन्सुलिन र ग्लुकागनको स्राव नियन्त्रण गर्ने)
प्यान्क्रियाटिक एसिनीसाना, बेरी जस्तो झुप्पापाचन इन्जाइम निर्माण र सेक्रिसन (एक्जोक्राइन प्यान्क्रियाज)
१. प्रोटिएज (प्रोटिन पाचन)
२. अमाइलेज (करबोहैद्रेट पाचन)
३. लाइपेज (बोसो पाचन)

तपाईंको प्रतिक्रिया