मेडिकल ब्लगरहरुले ध्यान दिनुपर्ने कुरा (शपथ)

पटक पढिएको
आफ्नो अभिव्यक्ति र बिचारहरु स्वास्थ्य पेशाका कुनै पनि कर्मचारीले आफ्नो 'ब्लग' मा लेख्न पाउँछन् तर केहि कुराहरु ध्यानमा राख्न जरुरी हुन्छ। यो डेविड डी. पर्लमटरद्वारा मेडिकल ब्लगरहरुका लागि हिपोक्रेटिक शपथको अनुरुपण हो।

म कसम खान्छु -

१. पाठकले बिरामीलाई चिन्न मदत पुग्ने बिरामीको कुनै पनि जानकारी मेरो ब्लगमा राख्दिन।

२. यदि मैले छद्मनामले ब्लग गरेपनि, म मेरो सहि पत्यारपत्र र डिग्रीको पाठकहरूलाई सूचित गर्नेछु ताकि उनीहरुले मेरो विशेषज्ञताको मूल्यांकन गर्न सकून्।

३. यदि मैले विवादास्पद स्वास्थ्य जानकारीको बारे उल्लेख गरेंभने, म प्रतिद्वान्दात्मक विचारहरू पहिचान गरि पाठकहरूलाई पर्याप्त उद्धरणहरू प्रदान गर्नेछु ताकि तिनीहरू आफैले विषयमा बढी जान्न सकून्।

४. मेरो सेवा, अभ्यास वा कुनै आर्थिक रुची भएको उत्पादन सिधै बिक्री गर्न ब्लग गर्दिन।

५. म विश्वासका साथ आफ्ना अभिव्यक्ति तथा विचारहरू प्रकट गर्न सक्छु, तर म मेरो पेशाको सजावट र मर्यादालाई कमजोर पार्ने तरिकाले कसैलाई व्यक्तिगत आक्रमण र गालि गर्दिन।



सन् २००७ मा "हेल्थकेयर ब्लगर कोड अफ इथिक्स" को उत्पति भएको थियो जसमा ५ महत्वपूर्ण बुँदाहरुको बारे वर्णन गरिएको छ -

१. परिप्रेक्ष्य

२. गोप्यता

३. व्यावसायिक प्रकटीकरण

४. जानकारीको विश्वसनीयता

५. शिष्टाचार

संयुक्त राष्ट्र अमेरिकाको HIPPA (Health Insurance Portability and Accountability Act) नियम अनुसार 'स्वास्थ्य जानकारी पहिचानकर्ता' बाट टाढा रहनुपर्ने जनाउँछ। ती हुन् -

१. को?

२. कहाँ?

  • बिरामीको बसोबास
  • सेवा पाएको स्थान
३. कहिले?
  • सेवा पाएको मिति
  • सेवा पाएको समय

तपाईंको प्रतिक्रिया