दुईवटा अनुहार भएको एडवार्ड मोरड्रेक

पटक पढिएको
एडवर्ड मोरड्रेकको सत्य कथा इतिहासमा हराएको छ। मामलाको सबै भन्दा पुरानो संदर्भ १८९६ मा  जर्ज गोउल्ड र वाल्टर पाइलद्वारा लिखित किताबमा देखिन्छ।


कथाको अनुसार, उनको सुन्दर अनुहार र जिउडाल थियो र अचम्मलाग्दो सङ्गीतत्मक थियो तर उनको शिरको पछाडी दोस्रो अनुहार थियो (केहि संस्करणहरूका अनुहार महिलाको थियो)। यस दोश्रो अनुहारले उनलाई २३ बर्षको उमेरमा आत्महत्या गर्न बाध्य बनायो।त्यो अतिरिक्त अनुहार खान वा बोल्न सक्दैनथ्यो, तर हाँस्न, रुन र कानेखुशी गर्न सक्थ्यो। एडवर्डले डाक्टरहरु सङ्ग आफ्नो शैतानी अनुहारलाई निकल्दिन धेरै अनुरोध गरे किनकी यसले रातभरि नराम्रा कुराहरु कानेखुशी गर्थ्यो। तर कुनै डाक्टरले त्येस्तो शल्यक्रिया गर्ने प्रयास गरेन किनभने त्यो शल्यक्रिया अत्यधिक खतरनाक थियो र त्यसमा एडवार्डको ज्यान समेत जनासक्थ्यो। यही कारणले उनी डिप्रेसनको सिकार हुन पुगे र विचलित भई परिवार र साथीहरुबाट टाढिन पुगे।

इतिहासमा यस्तै अन्य दुई प्रसिद्ध व्यक्तिहरु हुन् - चीनका पुरुष चांग जु पिंग र पास्कल पिनन नामक एक मेक्सिकन पुरुष।

चिकित्सा दृष्टिकोण बिन्दुबाट यो 'क्रेनियोपेगुस प्यारासाइटिकस' को मामला हुनसक्छ। कन्जोइण्ड जुडुवाहरुमा सिर एक साथ जोडेको हुन्छ जसमा एक सिद्ध / परजीवी सिर (सानो या कुनै शारीरिक अङ्ग नभएको) ठूलो र सामान्य जुडुवाको टाउको संग टाँसिएको हुन्छ। यो अत्यन्त दुर्लभ अवस्था हो। इतिहासमा पहिले ९ ओटा क्रेनियोप्यागासका घटनाहरू वर्णन गरिएका छन्, जस मध्ये मात्र दुई जना जीवित जन्मिएका छन्। परजीवी टाउको उचित तरिकाले विकसित हुनसक्छ र स्वतन्त्र जीवनको स्पष्ट संकेत देखाउन सक्छ जस्तै - २ शीर भएको बङ्गाल बोय (१७८३)। केहि स्रोतहरुका अनुसार एडवार्डको दोश्रो अनुहार सुन्दर महिलाको रूपमा थियो तर क्रेनियोप्यागासमा  त्यो सम्भव हुँदैन किनभने यसमा  दुई जुडवाहरु एक नै लिंगको हुन्छन्।

एडवर्डको अवस्था धेरै चिकित्सा साहित्यमा 'डाइप्रोसोपस' सँग पनि जोडिएको छ। यसमा एक शरीर र गर्दन हुन्छ, तर अनुहारका विभिन्न भागहरुको नक्कल हुन्छ। यो क्रेनियोप्यागास भन्दा भिन्न छ - केवल एक टाउको हुन्छ, यद्यपि कक्रेनियो-फेसियल विशेषताहरु दोहोरिन्छ।

तपाईंको प्रतिक्रिया