चिकित्सकहरुको आन्दोलनको ४ कारण

पटक पढिएको
हालको समयमा चिकित्सकहरुको आन्दोलन विश्वोब्यापी नै बढ्दै गएको छ। इतिहास र अनुषन्धानले डाक्टरहरु आन्दोलित हुनुको २ प्रमुख कारण देखाउँछ - रोजगारीको स्थितिमा संघर्ष र बिरामीहरूको कल्याणको लागी। यी दुई कारणहरू बीचको सीमा रेखा अस्पष्ट छ र कहाँ चिकित्सकहरूको चासो अन्त हुन्छ र बिरामीहरुको चासो सुरु हुन्छ भनेर अक्सर पहिचान गर्न गाह्रो हुन्छ। धेरै देशहरूमा चिकित्सकहरू तलब/ज्याला, हेल्थकेयर नीतिका मुद्दाहरू, सुरक्षाका मुद्दाहरू, काम गर्ने वातावरण र अस्पतालको भौतिक र प्रशासनिक पूर्वाधार जस्ता कुरामा असन्तुष्ट छन्। गत दुई दशकमा अष्ट्रेलिया, बेल्जियम, क्यानाडा, चिली, फिनल्याण्ड, फ्रान्स, जर्मनी, घाना, भारत, आयरल्यान्ड, इजरायल, इटाली, कोरिया, माल्टा, न्यूजील्याण्ड, पेरू, सर्बिया, स्पेन, श्रीलंका, रोमानिया, संयुक्त राज्य अमेरिका, युनाइटेड, जाम्बिया र जिम्बाब्वे लगायत थुप्रै राष्ट्रहरुमा चिकित्सकहरूले हड्ताल गरेका छन्।
चिकित्सकको हड्तालले अक्सर धेरै मिडियाको ध्यान प्राप्त गर्दछ र सामान्य जनताबाट मात्र नभएर हेल्थकेयर प्रोफेशन भित्रबाट नै धेरै प्रकारको आलोचना खेप्नुपर्छ।


के चिकित्सकहरुको आन्दोलन नैतिक हुन्छ?

चिकित्सकीय नैतिकता परिप्रेक्ष्यबाट, यो तर्क लगाउन सकिन्छ कि डाक्टरहरू हड्तालमा रहे पनि आकस्मिक स्वास्थ्य सेवाहरूमा भाग लिनको लागि बाध्य रहन्छन् ताकि कसैको पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित भई मृत्यु वा स्थायी स्वास्थ्य क्षति नहोस्। उनीहरूले नयाँ गैर-आकस्मिक सेवामा भाग लिन रोक्न पाउँछन्, तर अन्तरंग बिरामीहरुको हेरचाह जारी राख्नुपर्छ र स्वास्थ्यमा सुधार आएपछि मात्र डिसचार्ज गर्नुपर्छ।

व्यक्तिले आफ्नो श्रम फिर्ता लिन पाउने अधिकार नै एक विशेषता हो जसले रोजगारीलाई दासत्वबाट भिन्न तुल्याउँछ। नैतिकता हरेक कार्यक्षेत्रमा आवश्यक हुन्छ चाहे त्यो ब्यापार होस् या मिडिया ब्यबसाय। चिकित्सा क्षेत्रमा नैतिकतालाई गम्भीरताका साथ लिनुको कारण यो हो कि उनीहरुले बिश्वास गरेका हुन्छन् कि कुनै पनि कुराले गर्दा उनीहरुले चिकित्सा मिशनबाट विचलित हुनु हुँदैन। त्येसैले बर्षौंसम्म उनीहरुले थोरै तलबमा अन्तरास्ट्रिय मापदण्ड भन्दा दैनिक र साप्ताहिक बढी घण्टा काम गर्नुपर्ने अवस्था सहेका हुन्छन्। जब काम गर्न असंभव हुन्छ, त्यस्तो अवस्थामा सुस्त निकायलाई जगाउन आन्दोलन पूर्ण रुपमा आवश्यकता बन्छ। हडताल चिकित्सकहरुको लागि मात्र एक अन्तिम रिसोर्ट हो, र जब उनीहरु यसमा उत्रिन्छन्, यो बुझ्न आवश्यक छ कि स्थिति ज्यादै आशाहिन भैसकेको छ।

नेपालमा डाक्टरहरु आन्दोलित हुनुको ४ कारण



१. काममा सुरक्षित वातावरण नहुनु - हरेक बिरामीको मृत्युलाई "मेडिकल लापरवाही"को संज्ञा दिई उपचारकर्मी माथि हातपात गर्नुका साथै अस्पताल तोडफोड गरि यो क्षतिपुर्ति स्वरुप मोटो रकम असुल्ने बहाना बन्दै गएको छ। चिकित्सकको सुरक्षा सम्बन्धित नियमहरु नभएका होइनन् तर आवश्यकता अनुसार कार्यान्वयन नभएको कारण चिकित्सकहरुले बारम्बार "धरौटी रहित जेल (जेल विथाउट बेल)" व्यवस्थाको माग राख्दै आन्दोलनमा उत्रिनुपरेको छ।

२. स्वास्थ्य नीति - सरकारले ल्याउन खोजेको स्वास्थ्य नीति जसअन्तर्गत मेडिकल लापरवाही भए चिकित्सकले २५ लाख तिर्नुपर्ने नियम ल्याउन खोजिएको छ। कानुन व्यवस्था कम्जोर भएको देशमा यस्तो नियमले चिकित्सकहरु माथि आक्रमण बढ्ने निश्चित छ। अहिलेसम्म जति केसमा बिरामीका आफन्तले क्षतिपुर्ति कुम्लाएका छन् - ती कुनै पनि विधि पुर्वक 'मेडिकल लापरवाही' भन्ने प्रमाणित नभई अस्पतालले तोडफोड र बदनामीको डरले तिर्दै आएका छन्। त्यस्तो अराजक स्थितिमा न्यून तलबमा काम गर्ने डाक्टरहरुले यति मोटो रकम तिर्नुपर्ने जोखिममा कसरी काम गर्न सक्छन्?

३. स्वास्थ्य क्षेत्र उत्थान र बिरामीको हितको लागि - प्रा. डा. गोविन्द के.सी बारम्बार आमरण अनसन बस्नुको पनि कारण छ। डा. के.सी.ले ग्रामीण क्षेत्रहरूमा मेडिकल स्कूल र अस्पतालोंको विकेन्द्रीकरण र वितरणको समर्थन गर्दछ। नेपालमा हाल २३ मेडिकल स्कूलहरू छन्, जस मध्ये १७ निजी छन् र तिनीहरू सबै ठूला ठूला शहरहरूमा छन्। मेडिकल स्कूलहरूमा लगानी एक आकर्षक व्यवसाय बनेको छ; प्रति विद्यार्थीले $ ५००००-६०००० असुल्ने गरेका छन्।

४. न्यून तलब/ज्यालादारी - अधिकतम जुनियर चिकित्सकहरुलाई प्रशासनले तालिमको नाम वा अन्य बहाना देखाई पेलेका हुन्छन्। थोरै तलबमा धेरै घण्टा काम गर्नुपर्ने विवसताको कारण चिकित्सकहरु असन्तुस्ट छन्। यसको उचित व्यवस्थापन नहुँदा राम्रा र जेहेन्दार डाक्टरहरु विदेशिने प्रवृति बढ्दो छ।

सबैले बुझ्नुपर्ने कुरा - सन्तुष्ट चिकित्सकहरू र राम्रा स्वास्थ्य सुविधाहरू राम्रो बिरामी सेवाका पूर्वाधार हुन्। हरेक व्यक्तिले आफ्नो र परिवारको लागि सभ्य जीवन चाहन्छन्; तिनीहरू आफ्ना छोराछोरीलाई पढाउन र एक आरामदायक सेवानिवृत्तिको लागि बचत गर्न चाहन्छन्। तिनीहरू राम्रो काम गर्ने अवस्था र वातावरण चाहन्छन् जुन आत्म सुधारको लागि अनुकूल हुन्छ। तिनीहरू सराहना चाहन्छन्, विशेष गरी उनीहरूको कामको स्वभावलाई लिएर, जुन प्रायः उनीहरू र उनीहरूको परिवारमा धेरै जोखिमपूर्ण हुन्छन्।

तपाईंको प्रतिक्रिया

1 प्रतिक्रिया

प्रतिक्रिया लेख्नुहोस्
KP Pradhan
admin
October 09, 2017 4:00 pm ×

"all-out strike" must be done which includes shutting down of emergency services for the authorities to listen.

Congrats bro KP Pradhan you got PERTAMAX...! hehehehe...
छलफल
avatar