चिकित्सामा जटिलता अथवा कम्प्लिकेसन

पटक पढिएको
कुनै प्रक्रिया, उपचार वा रोग परिणाम स्वरुप आइपर्ने अनभिलाषित र अप्रत्याशित समस्यालाई नै चिकित्सा बिज्ञानमा जटिलता अथवा 'कम्प्लिकेसन' भनिन्छ। चिकित्सामा गरिने सबै चीजहरू - प्रत्येक निर्धारित औषधि, हरेक उपचार, हरेक प्रक्रिया र प्रत्येक परीक्षणले सम्भावित नकरात्मक प्रभाव पार्ने, प्रत्यक्ष वा अप्रत्यक्ष र बिरामीलाई सम्भावित हानि पुर्याउने क्षमता हुन्छ।

चिकित्सा जतिलिता लापरवाही नभई एउटा निर्दोष घटना हो भन्ने कुरा बुझ्नु र सम्झिनु जरुरी छ। वर्तमान समयमा धेरै कारणहरुले गर्दा वास्तविक चिकित्सा जटिलतालाई मानिसहरुले त्रुटिको रुपमा लिने गरेका छन्। निस्सन्देह, बिरामी र बिरामीको परिवारका लागि ती जटिलताहरु सामना गर्न चिकित्सकको लागि भन्दा कठिन हुन्छ। तर चिकित्सकहरुले पनि पिडा झेलछन् जब उनीहरुले गरेको वा सिफारिश गरेको प्रक्रिया वा उपचारले बिरामीलाई हानि हुन्छ।


चिकित्सा जटिलताका केहि उदाहरणहरु -

१. बिरामीमा एलर्जीको बारे थाहा नहुँदा कुनै औषधिबाट हुने एलर्जी

२. जिउको कुनै भागको संक्रमण रगतमा सर्नु (सेप्टिसेमिया)

३. शल्यक्रिया पश्चात अक्सर हुने जटिलताहरु - पिसाबको संक्रमण, मूत्र अवधारण, घाउको संक्रमण, निमोनिया, आदि

४. कोलोनोस्कोपी गर्दा आन्द्रामा छेद हुनु

तपाईंको प्रतिक्रिया