के मेडिकल लापरवाही हो र के मेडिकल लापरवाही होइन ?

पटक पढिएको
मेडिकल लापरवाही (मेडिकल नेग्लिजेन्स) चिकित्सा व्यवसायीले बिरामीको उपचार गर्दा गर्ने "मानक हेरबिचार" अथवा "हेरबिचारको स्तर" (स्ट्यान्डर्ड अफ केयर) को "उल्लङ्घन" हो। यो दुई कारणले हुनसक्छ - गर्नुपर्ने काम गर्न चुकेर (ओमिसन) वा गलत काम गरेर (कमिसन)। एक डाक्टरले समय प्रासंगिक चिकित्सा ज्ञानको आधारमा मानक र स्वीकार्य मानदण्ड अनुसार उपचार गर्नुपर्छ। सफलता वा उपचारको विफलता वा यसको परिणाम अप्रासंगिक छ। मेडिकल लापरवाही भनेर स्थापित गर्न निम्नलिखित मापदण्डको आवश्यकता पर्दछ -

१. ड्युटी: डाक्टर (प्रतिवादी)  बिरामी (अभियोगी) को हेरचाहमा खटिएको हुनुपर्छ

२. व्यभिचार: डाक्टरले अपेक्षित मानक हेरविचार पछ्याउन असफल भएकोले हेरचाहको कर्तव्य उल्लङ्घन गर्यो

३. प्रत्यक्ष कारण: बिरामीको शारीरिक वा मानसिक स्वास्थ्यमा क्षति पुग्यो

४. क्षति: सामान्य अवस्थामा एउटा चिकित्सकले त्यस क्षतिको भविष्यवाणी गर्न सक्थ्यो

मेडिकल लापरवाही ४ तहमा हुनसक्छ


१. डाक्टर / सम्बन्धित कर्मचारी / अस्पतालका अधिकारीहरु

२. ड्रग्स, उपकरण, आदि को निर्माताहरु

३. योगदानहीन लापरवाही: रोगी आफैं वा तिनलाई सेवा गर्न खटिएका व्यक्ति (कन्ट्रीब्युटारी नेग्लिजेन्स)

४. समग्र (कम्पोजिट) लापरवाही: माथिल्लो ३ तहहरु मध्य एक भन्दा बढी तहमा लापरवाही



के के मेडिकल लापरवाही होइनन् ?


धेरैजसो उपचारका नकारात्मक परिणामहरू उपचारसँग सम्बन्धित निहित जोखिमहरूका कारण हुन्छन्। वास्तवमा, शल्यक्रियामा हुने धेरै जटिलताहरू बिरामी असन्तुष्ट भएता पनि चिकित्सकीय लापरवाहीका कारण हुँदैनन्। यी आफैमा चिकित्सकीय लापरवाही हुँदैनन्:

१. जब एक चिकित्सा प्रदायक अशिष्ट वा हतारिएको हुन्छ

२. जब एक चिकित्सा प्रदायकले रोगीलाई निको पार्न असफल हुन्छ

३. जब बिरामीको परिणाम प्रतिकूल हुन्छ

४. प्रक्रियामा निहित जोखिमबाट नराम्रो असर भएमा

५. बिरामी शल्यचिकित्साको परिणामबाट दु:खी हुँदैमा

के के मेडिकल लापरवाही हुन्छन् ?


१. जब एक सर्जनले बिरामी भित्र छोड्नु नहुने चिकित्सा उपकरण छोड्छ र उपकरणको हटानको लागि दोश्रो सर्जरीको आवश्यकता पर्छ।

२. जब एक सर्जनले गलत शरीरको भागमा शल्यक्रिया गर्छ।

३. जब एक चिकित्सा प्रदायकले आफ्नो क्षेत्रमा जान्नु पर्ने र उपचार गर्नुपर्ने हुँदाहुँदै चुक भएर चोट वा रोगको निदान गर्न असफल हुन्छ।

४. जब एक मेडिकल प्रदायकले सूचित सहमति (इन्फोर्मड कन्सेन्ट) प्राप्त नगरी बिरामीको सहमति बिना कुनै शल्यक्रिया गर्छ।

प्रतिकूल घटना (एड्भर्स इभेन्ट्स) र लापरवाही बिचको भिन्नता


एउटा उदाहरण लिएर छलफल गरौँ - "क" नामक बिरामी निमोनियाबाट ग्रसित छ र उसलाई "ख" नामक एंटीबायोटिक दिइयो -

१. प्रतिकूल घटना - यदि बिरामीले भविष्यवाणी गर्न नसकिने एलर्जी विकास गर्यो र त्येसको कारण अल्पकालीन रुपमा मृगौलाको विफलता हुन पुग्यो र बिरामी अस्पतालमा भर्ना हुनपुग्यो वा बिरामीको मृत्यु भयो

२. लापरवाही - त्येही कुरा यदि चिकित्सकले बिरामी "क" लाई एंटीबायोटिक "ख" को एलर्जी छ भनि उल्लिखित चार्ट हेर्न चुकेर भएको भए

सर्जिकल प्रक्रियाहरूले सामान्यतया संक्रमणको ३-४% खतरा राख्दछ। संक्रमण कम गर्न सफाई र प्रोफैल्याक्तिक एंटीबायोटिक्सको प्रयोग गरिन्छ। यद्यपि, सबैभन्दा सक्षम हातहरूमा र सर्वोत्तम परिस्थितिहरूमा समेत, संक्रमण हुनसक्छ। यो एक प्रतिकूल घटना हुनेछ। तर कुनै एक मेडिकल त्रुटिको कारण होइन।

यो प्रतिकूल घटनाहरू र मेडिकल त्रुटिहरू बीच फरक छुट्याउन महत्त्वपूर्ण छ, किनकि प्रतिकूल घटनाक्रमलाई सजायँको भागीदार बनाउने हो भने जटिल रोगको उपचार र कठिन प्रक्रियाहरु गर्न उपचार्कर्मी निरुत्साहित हुन्छन् - जस्तै कलेजो प्रत्यारोपण वा न्यूरोसर्जरी। त्यसकारण एक आदर्श निरीक्षण प्रणालीले प्रतिकूल घटनाहरूलाई दण्ड दिँदैन, तर चिकित्सकीय त्रुटिहरू पहिचान गर्न र लक्षित गर्न सक्दछ।

तपाईंको प्रतिक्रिया