आई.सि.यू. सेवा वार्डमा सामान्य बेडमा भर्ना हुँदा भन्दा धेरै महँगो हुन्छ। यहाँ प्रायः बिरामीहरू सिकिस्त हुन्छन्र र स्टाफको निरन्तर, निकट निगरानी र समर्थन तथा सामान्य शारीरिक कार्यहरु चालु राख्न विभिन्न उपरकरण र औषधिको आवश्यकता हुन्छ। आई.सि.यू.मा अस्पतालको जम्मा २-३% बेड रहने भएतापनि यहाँको खर्च अस्पतालको १०% बजेटसम्म हुनसक्छ।
पूंजीगत उपकरण - धेरै उपकरणहरू र डिस्पोजेबल वस्तुहरू महंगा र विदेशबाट आयात गरिएका हुन्छन्
गैर-क्लिनिकल सपोर्ट सेवा
क्लिनिकल सपोर्ट सेवा
उपोभोग्य सामाग्रीहरु
मानवश्रोत
पूंजीगत उपकरण - धेरै उपकरणहरू र डिस्पोजेबल वस्तुहरू महंगा र विदेशबाट आयात गरिएका हुन्छन्
- निरन्तर अक्सिजन सप्लाई
- भेन्टिलेटर
- मोनिटर
- औषधि मिलाएर दिन इन्फुजन पम्प
- डाइलाइसीस आदि
चालु खर्च
- बिजुली
- ऐर कन्डिसनर आदि
गैर-क्लिनिकल सपोर्ट सेवा
- खानपान
- सफाई
- वर्दी
- कर्मचारीहरुको प्रशासन लागत
- स्टेशनरी, टेलिफोन, फोटोकपी आदि
क्लिनिकल सपोर्ट सेवा
- फिजियोथैरेपी
- रेडियोलोजी
- डायटिसियन
- कार्डियोलोजी
- नेफ्रोलोजी
- प्रयोगशाला सेवा आदि
उपोभोग्य सामाग्रीहरु
- महंगा औषधिहरु - कडा एन्टिबायोटिक, एल्बुमिन, रगत, मुटुको चाल मिलाउने औषधिहरु
- नसाबाट दिने न्युत्रिसन
- सक्सन क्याथेटर
- ट्यूबहरु
- रगतमा ग्यासको मापन गर्ने रसायन आदि
मानवश्रोत
- एउटा नर्सले १-२ जना बिरामीको हेरचाह गरेको हुन्छ
- डाक्टरको परामर्श शुल्क, प्रक्रिया शुल्क, आदि