मुटु (Heart)

पटक पढिएको
मुटुको अर्को नाम: हृदय

मुटुको स्थान: छातीको बिच भागमा हल्का बायाँ तिर ढल्किएर मुटु फोक्सोको बिचमा अवस्थित हुन्छ

मुटुको आकार र बनावट:



१. मुटु लगभग मुट्ठीको आकारको एक मांशपेशी अङ्ग हो। यसलाई 'पेरीकार्डियम' नाम गरेको झिल्लीले बाहिरबाट छोपेको हुन्छ।

२. मुटुलाई भित्री पर्खालले दुईवटा पक्षहरूमा विभाजित गरेको हुन्छ - बायाँ र दाँया। प्रत्येक पक्षमा माथिलो र तल्लो कक्ष हुन्छ जसको बिचमा रगत बग्ने द्वार हुन्छ र यसलाई खोल्ने र बन्द गर्ने धोका जस्तै 'वाल्व (valve)' रहेको हुन्छ।

३. सानो माथिल्लो कक्षहरू एत्रियामको (atrium) रूपमा चिनिन्छन् र ठूला तल्लो कक्षहरू भेंत्रिकल (ventricle) हुन्।

४. मुटुको पम्पिंग विशेष फाइबरद्वारा नियंत्रित हुन्छ जसले विभिन्न कक्षहरुमा विद्वतिय संकेत लिएर जान्छ।

५. शरीरको विभिन्न अङ्गबाट 'भेनाकाभा (venacava)' नामक नशाबाट मुटुको दाहिने भागमा अक्सिजन कम भएको रगत (निलो रगत) पुग्छ र यसलाई मुटुले 'पल्मोनरी आर्टेरी (pulmonary artery)' नामको धमनिले फोक्सोमा पुर्याउँछ, जहाँ यसले अक्सिजन पाउँछ।

६. फोक्सोबाट अक्सिजन प्राप्त रगत (रातो रगत) 'पल्मोनरी भेन (pulmonary vein)' नाम गरेको नशाले मुटुको बायाँ तिर प्रवेश गराउंदछ र मुटुले यसलाई 'एओर्टा (aorta)' नामक धमनिले शरीरको विभिन्न अंगहरुमा पम्प गर्छ।

७. बाँया भेंत्रिकलको जोरदार संकुचनले हाम्रो रक्तचाप सिर्जना गर्दछ।

कोरोनरी धमनी: कोरोनरी धमनिहरु मुटुको को सतहमा अवस्थित हुन्छ र यसले मुटुको मांसपेशिहरुलाई;अक्सिजनयुक्त रगत प्रदान गर्दछ। यो साँघुरिएको खण्डमा छाति दुख्ने 'कोरोनरी हर्ट डिजिज' हुनसक्छ। हृदयघात पनि यस रोगको एउटा सदस्य हो।

तपाईंको प्रतिक्रिया