कदाचार (मालप्रेक्टिस) मुद्दाको जोखिम अमेरिकाको स्वास्थ्य प्रणालीको निम्ति हानिकारक साबित भैरहेको छ - रक्षात्मक चिकित्साको अभ्यास गर्ने चिकित्सकहरुको संख्या बढ्दो छ। "रक्षात्मक चिकित्सा (डिफेन्सिभ मेडिसिन; Defensive medicine)" एउटा यस्तो अभ्यास हो जहाँ डाक्टरले यस्ता नैदानिक परीक्षण या उपचारको सुझाव दिन्छन् जुन रोगीको लागि सबै भन्दा राम्रो विकल्प हुन जरुरी हुँदैन। यस्ता बैकल्पिक टेस्ट र उपचारको मुख्य भूमिका बिरामीद्वारा कदाचारको अभियोग कम गर्नु नै हुन्छ। यसले काम गर्न सक्छ, किनभने अनुसन्धानले यो दृष्टिकोण प्रयोग गर्ने डाक्टरहरूलाई मुद्दा लाग्ने संभावना कम रहेको संकेत गरेको छ। तर परिणाम स्वरुप अधिकतम धन र श्रोत अनावश्यक कुरामा खर्च हुन्छ। हरेक नैदानिक निर्णय पिच्छे मुद्दाको जोखिम नहुँदो हो त धेरै चिकित्सकहरुले बिरामीलाई कम वा फाइदै नहुने जाँच र उपचार विधिहरु खुसिका साथ छोड्थे।
उपचारकर्मीलाई हातपात गर्ने र त्रसित बनाउने तथा अस्पतालमा तोडफोड गर्ने क्रम बढ्दो छ। हाल दक्षिण एसियाली देशहरूमा (मुख्यतः भारत र नेपाल) बदलिदो स्वास्थ्य परिस्थितिको अवस्था हेर्दा, यी राष्ट्रको स्वास्थ्य प्रणाली चाँडै नै पश्चिममा प्रचलित यस रक्षात्मक चिकित्सा कला तिर बहने स्पष्ट संकेत देखिन्छ। जुन दरमा चिकित्सक तथा अन्य मेडिकल व्यवसायीहरु "मेडिकोलीगल मुद्दा (medicolegal case)"मा आवश्यक वा अनावश्यक रुपमा तानिएको छ, यो निश्चित छ कि स्वास्थ्य हेरविचारको खर्च बिरामी र सामान्य मानिसहरूको लागि दोब्बर हुनुका साथै छिट्टै गुणात्मक रुपमा बढ्दै जान्छ। यस्तो अवस्थामा पश्चिमका अधिकांश डाक्टरहरुले एक समय ३ कदम अपनाइएको पाइन्छ -
१. जोखिम कम गर्ने (बढी भन्दा बढी परिक्ष्यणहरु गर्ने)
२. जोखिमबाट टाढा रहने (उच्च जोखिम बोकेको रोग र बिरामीको उपचारबाट टाढा रहने)
३. शुल्क बढाउने (मुद्दासँग सम्बन्धित खर्च बेहोर्ने तयारीमा)
२०१० मा गल्लप र ज्याक्सन हेल्थकेयरले निजी क्षेत्रका चिकित्सकहरूले क्रमशः ७३% र ९०% ले रक्षात्मक चिकित्सा अभ्यास गर्ने गरेको जुन सरकारी चिकित्सकहरूको ४८% को तुलनामा उच्च रहेको निष्कर्ष निकालेका थिए।
डिके र एशले (Dekay and Asch) लेखेका छन् कि व्यापक रुपमा नैदानिक टेस्टहरुको प्रयोग नै रक्षात्मक चिकित्साको मुख्य रणनीति हो तर अनावश्यक जाँचहरुले केहि बिरामीलाई फाइदा गर्छ भने अधिकांसलाई बेफाइदा गर्छ।
देयता-प्रभावकारिता मोडेल (liability-effectiveness model) प्रयोग गरी पौकर र पौकर (Pauker and Pauker)ले देखाएका छन् कि - "जब चिकित्सकले रक्षात्मक चिकित्सा अभ्यास गरेर बच्ने प्रयास गर्दछन्, केहि बिरामीले अपेक्षित स्वास्थ्यमा कमीको अनुभव गर्छन्, तर कुनै पनि बिरामीले अपेक्षित स्वास्थ्यमा अभिवृद्धि अनुभव गर्दैनन्"।
हेक्ट (James L. Hecht) जो अमेरिकी चिकित्सक रेजिडेन्टलाई १ महिना पाटन अस्पतालमा तालिमका लागि पठाउने कार्यक्रमका सदस्य छन्; उनले लेखेका छन् - "पैसा तिर्न सक्नेका लागि यस्ता टेस्टहरु छन् जुन अमेरिकी स्तरको अनुसार सस्तो भएपनि औसत नेपालीको लागी धेरै महँगो पर्छ। पाटन अस्पतालमा काम गर्ने रेजिडेन्टहरुले आफुले अमेरिकामा काम गर्दा पठाउने टेस्टहरु पाटनमा नपठाउने र यसको कारण नेपालीहरुले डाक्टरलाई मुद्दा नहाल्नु भएको प्रतिबेदनमा उल्लेख गरेका छन्।"
यस्तो अवस्थामा चिकित्सकहरुमा पनि यस्ता खराब असरहरु पर्ने देखिन्छ -
१. आत्मविश्वास खोक्रो हुनु
२. शिपको अविकास हुनु
३. जाँच र टेस्टमा निर्भरता बढ्नु
४. सोच्नको लागि समय कम खर्च गर्नु र अधिकतम समय प्रोटोकल र कागजी काम मा खर्च गर्नु
यो सबै कुरालाई ध्यानमा राख्दा सजिलै अनुमान लगाउन सकिन्छ कि बिरामी र चिकित्सक बिचको बढ्दो दुरीले न त बिरामीलाई फाइदा गर्छ न त चिकित्सकलाई नै। यसले केवल इन्स्युरेन्स व्यवसायीलाई फाइदा पुराउने देखिन्छ।
उपचारकर्मीलाई हातपात गर्ने र त्रसित बनाउने तथा अस्पतालमा तोडफोड गर्ने क्रम बढ्दो छ। हाल दक्षिण एसियाली देशहरूमा (मुख्यतः भारत र नेपाल) बदलिदो स्वास्थ्य परिस्थितिको अवस्था हेर्दा, यी राष्ट्रको स्वास्थ्य प्रणाली चाँडै नै पश्चिममा प्रचलित यस रक्षात्मक चिकित्सा कला तिर बहने स्पष्ट संकेत देखिन्छ। जुन दरमा चिकित्सक तथा अन्य मेडिकल व्यवसायीहरु "मेडिकोलीगल मुद्दा (medicolegal case)"मा आवश्यक वा अनावश्यक रुपमा तानिएको छ, यो निश्चित छ कि स्वास्थ्य हेरविचारको खर्च बिरामी र सामान्य मानिसहरूको लागि दोब्बर हुनुका साथै छिट्टै गुणात्मक रुपमा बढ्दै जान्छ। यस्तो अवस्थामा पश्चिमका अधिकांश डाक्टरहरुले एक समय ३ कदम अपनाइएको पाइन्छ -
१. जोखिम कम गर्ने (बढी भन्दा बढी परिक्ष्यणहरु गर्ने)
२. जोखिमबाट टाढा रहने (उच्च जोखिम बोकेको रोग र बिरामीको उपचारबाट टाढा रहने)
३. शुल्क बढाउने (मुद्दासँग सम्बन्धित खर्च बेहोर्ने तयारीमा)
२०१० मा गल्लप र ज्याक्सन हेल्थकेयरले निजी क्षेत्रका चिकित्सकहरूले क्रमशः ७३% र ९०% ले रक्षात्मक चिकित्सा अभ्यास गर्ने गरेको जुन सरकारी चिकित्सकहरूको ४८% को तुलनामा उच्च रहेको निष्कर्ष निकालेका थिए।
अर्बिन जोशीले पाटन एकेडेमी अफ हेल्थ साइन्सेसमा ५० शल्यक्रियाका रेजिडेन्टमा गरेको अनुषन्धानले देखाएको थियो कि उत्तर गर्नेहरु मध्ये -
१. १००% ले आफ्नो करियरमा हातपात, त्रास वा मुद्दा अपेक्षा गरेका थिए।
२. ६०% ले रोग निदानमा फाइदा नगर्ने तर आफुलाई मुद्दाबाट बचाउने टेस्ट पठाउँछु भनेका थिए।
३. ८०% ले डाक्टरका लागि बिमा नीति उपलब्ध भए किन्ने बताएका थिए।
४. १००% ले नाजुक बिरामीलाई निजी अस्पतालमा संसाधनहरूको अनुपलब्धता देखाई सार्वजनिक अस्पतालहरूमा रेफर गर्न चाहान्छन्।
५. २०% ले कुनै प्रक्रियाको लागि सहमति लिँदा त्यसको जोखिमको बारेमा बधाई-चढाई चर्चा गर्ने उल्लेख छ।
त्यसोभए रक्षात्मक चिकित्सा अभ्यासबाट कसलाई लाभ हुन्छ ?
विश्वभरका लेखहरूमा ध्यान केन्द्रित गरौँ -डिके र एशले (Dekay and Asch) लेखेका छन् कि व्यापक रुपमा नैदानिक टेस्टहरुको प्रयोग नै रक्षात्मक चिकित्साको मुख्य रणनीति हो तर अनावश्यक जाँचहरुले केहि बिरामीलाई फाइदा गर्छ भने अधिकांसलाई बेफाइदा गर्छ।
देयता-प्रभावकारिता मोडेल (liability-effectiveness model) प्रयोग गरी पौकर र पौकर (Pauker and Pauker)ले देखाएका छन् कि - "जब चिकित्सकले रक्षात्मक चिकित्सा अभ्यास गरेर बच्ने प्रयास गर्दछन्, केहि बिरामीले अपेक्षित स्वास्थ्यमा कमीको अनुभव गर्छन्, तर कुनै पनि बिरामीले अपेक्षित स्वास्थ्यमा अभिवृद्धि अनुभव गर्दैनन्"।
हेक्ट (James L. Hecht) जो अमेरिकी चिकित्सक रेजिडेन्टलाई १ महिना पाटन अस्पतालमा तालिमका लागि पठाउने कार्यक्रमका सदस्य छन्; उनले लेखेका छन् - "पैसा तिर्न सक्नेका लागि यस्ता टेस्टहरु छन् जुन अमेरिकी स्तरको अनुसार सस्तो भएपनि औसत नेपालीको लागी धेरै महँगो पर्छ। पाटन अस्पतालमा काम गर्ने रेजिडेन्टहरुले आफुले अमेरिकामा काम गर्दा पठाउने टेस्टहरु पाटनमा नपठाउने र यसको कारण नेपालीहरुले डाक्टरलाई मुद्दा नहाल्नु भएको प्रतिबेदनमा उल्लेख गरेका छन्।"
अमेरिकाकै इतिहास पल्टाउने हो भने त्यसमा यस्तो लेखेको पाइन्छ - "उच्च स्तरको मेडिकल अभ्यास गर्ने चिकित्सकहरू सम्भवतः शिक्षित र राम्रो प्रशिक्षित थिए। उनीहरू व्यावसायिक र वित्तीय रुपमा सफल थिए र, अलौकिक रूपमा उनीहरू कदाचार दाबीका लागि आकर्षक लक्ष्य पनि थिए। १९ औं शताब्दीको अन्त्यमा मेडिकल कदाचार बीमाको आगमन पछी सबै चिकित्सकहरू नै सम्भावित लक्ष्य बन्न पुगे।"
यस्तो अवस्थामा चिकित्सकहरुमा पनि यस्ता खराब असरहरु पर्ने देखिन्छ -
१. आत्मविश्वास खोक्रो हुनु
२. शिपको अविकास हुनु
३. जाँच र टेस्टमा निर्भरता बढ्नु
४. सोच्नको लागि समय कम खर्च गर्नु र अधिकतम समय प्रोटोकल र कागजी काम मा खर्च गर्नु
यो सबै कुरालाई ध्यानमा राख्दा सजिलै अनुमान लगाउन सकिन्छ कि बिरामी र चिकित्सक बिचको बढ्दो दुरीले न त बिरामीलाई फाइदा गर्छ न त चिकित्सकलाई नै। यसले केवल इन्स्युरेन्स व्यवसायीलाई फाइदा पुराउने देखिन्छ।
2 comments
प्रतिक्रिया लेख्नुहोस्"I feel with virtual absolute certainty that the practice of defensive medicine will not go away unless and until there are major changes to our medical legal system."
छलफलRichard Anderson, MD, FACP
Chief Executive Officer
The Doctors Company
Defensive medicine is not always due to patient's distrust in doctors. It is sometimes the other way when the patient has too much trust in his/her treating physician. The physician have tendency to prescribe more drugs and investigations to make his patient satisfied apparently.
छलफल