सी.ओ.पी.डी. (दम रोग)

पटक पढिएको

सी.ओ.पी.डी. के हो?


सीओपीडी (COPD) अथवा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (Chronic Obstructive Pulmonary Disease) शब्दले क्रोनिक ब्रोन्काइटिस (Chronic bronchitis) वा एम्फिसमा (Emphysema) वा दुवै अवस्थालाई जनाउँदछ।


  • क्रोनिक भनेको दीर्घकालिन
  • अब्स्ट्रक्टिभ भनेको अवरोधक
  • पल्मोनरी भनेको 'फोक्सोलाई असर गर्ने'
  • डिजिज भनेको रोग
  • ब्रोन्काइटिस भनेको श्वासनलीको (bronchi) सूजन
  • एम्फिस्मा भनेको फोक्सोको सानो श्वासनली (small airways) र वायुकोष्ठिकाको (alveoli) छ्यती

सी.ओ.पी.डी. कसरी हुन्छ?


सी.ओ.पी.डी.का कारणहरु -

१. धुम्रपान

२. वायु प्रदुषण - घरभित्रको धुलो धुवाँ (दाउरा, पराल बाल्ने) र घरबाहिरको धुलो धुवाँ (कारखाना तथा गाडीबाट निस्किने)

३. बंशानुगत - एन्तित्रिप्सिन (Anti-trypsin) नामक इन्जाइमको कमि जसको कारण वायुकोष्ठिकाको भित्ता नष्ट हुन्छ


माथि उल्लिखित कारणहरुले निम्न एक वा बढी तरिकाले वायुनालिमा वायु प्रवाह कम गर्छ -

१. वायुनली र वायुकोष्ठिकाहरुले लचिलोपना गुमाउन्छन्
२. वायुकोष्ठिका बीचका भित्ताहरु नष्ट हुन्छन्
३. वायुनालिका भित्ताहरु बाक्लो हुनुका साथै तिनमा सूजन हुन्छ
४. वायुनालीले आवश्यकता भन्दा बढी खकार पैदा गर्छ जुन जम्न सक्छ

नेपालमा सी.ओ.पी.डी.को अवस्था

विभिन्न अनुसन्धानहरुबाट यस रोगको प्रचलन नेपालमा २३-४३% रहेको अनुमान गर्न सकिन्छ। बायोमास ईंधन, सिगरेट धूम्रपान, र बाह्य वायु प्रदूषण तीन मुख्य कारकहरु हुन्। नेपाली पुरुष भन्दा महिलाहरूमा यसको प्रचलन बढी छ र यो संभवतया लामो अवधि समय घर भित्र खाना पकाउनाले हुनसक्छ।

सी.ओ.पी.डी.को. लक्ष्यणहरु

१. दीर्घकालिन खोकी
२. खकार निस्किने
३. सास फेर्नमा कठिनाई हुनु
४. सास फेर्दा स्वाँस्वाँ हुनु
५. तौल घट्नु
६. थकित महसुस हुनु
७. खुट्टा सुनिनु (मुटुको दाहिने मार्गमा असर परे - कोर पल्मोनेल)
८. ओठ निलो हुनु
९. खुम्चिएको ओठ मार्फत श्वास लिनु

सी.ओ.पी.डी.को आक्रमण (Exacerbation)

प्रायजसो श्वासनलीको संक्रमण वा वायु प्रदुषणको कारण यो दम रोगले घातक रुप लिन सक्छ र यो अवस्थालाई COPD exacerbation भनिन्छ। यस स्थितिमा तपाईंले उपचारको लागि अस्पताल तथा आई.सि.यू.मा भर्ना गर्नुपर्ने हुनसक्छ। यसका लक्ष्यणहरु -

१. सामान्यतया भन्दा बढी  खाँसी (अज्ञात) खोकी लग्नु र खकार आउनु
२. खाकार को रङ्ग र रुप परिवर्तन हुनु
३. सामान्यता भन्दा सास फेर्न बढी कठिनाई हुनु

यस्तो अवस्थामा श्वसन विफलता (respiratory failure) भए रगतमा कार्बोन डाई अक्साइडको मात्रा बढ्छ र टाउको दुख्ने तथा मानसिक परिवर्तनहरू जस्ता लक्ष्यण पनि देखा पर्न सक्छन्।

सी.ओ.पी.डी.को. निदान

डाक्टरले जाँच पस्चात आफ्नो अनुमानलाई प्रमाणित गर्न यी टेस्टहरु पठाउन सक्छ -

१. स्पिरोमेत्री - फोक्सोको कर्यछ्यामता नाप्न गरिने फुक्ने जाँच जसले दम रोगको निदान गर्नुका साथै दम रोगको चरण पत्ता लगाउन समेत मदत गर्दछ।


२. रगतमा ग्यासको जाँच (ए.बि.जि.) - रगतमा अक्सिजन र कार्बनडाइअक्साइडको मात्रा मापन गर्न

३. फोक्सोको तस्बिर हेर्न - छातीको एक्स.रे. र सि.टि. स्क्यान

सी.ओ.पी.डी.को उपचार बिधिहरु

१. धुम्रपान त्याग्नु (सबै भन्दा महत्वपुर्ण बिधि)

२. पर्यवारंमा धुवाँ धुलोबाट आफुलाई बचाउने

३. डाक्टरले लेखे अनुशारको औषधि

४. निमोनिया बिरुद्धको खोप - निमोनियाको कारण दम रोग बिग्रेर आक्रामक हुने हुँदा डाक्टरले यो खोप लगाउन सल्लाह दिन सक्छ

५. अक्सिजन - डाक्टरको सल्लाह अनुशार

६. पल्मोनरी पुनर्सुधार व्यायाम

७. शल्यक्रिया (आवश्यकता अनुशार)

तपाईंको प्रतिक्रिया