मस्तिष्कको रक्त परिसंचरण (Blood circulation of brain)

पटक पढिएको
दिमाग तौल शरीरको लगभग २% छ तर यसले हामिले ग्रहण गर्ने अक्सिजनको २० प्रतिशत खपत गर्दछ भने हाम्रो शरीरमा भएको १५-२० प्रतिशत रगत उपयोग गर्दछ । चार मुख्य धमनिहरुले तपाईंको दिमागमा रगतको आपूर्ति गर्दछ। रगतले तपाईंको मस्तिष्कलाई आवश्यक पोषक तत्व र अक्सीजन प्रदान गर्दछ। रक्त प्रवाहमा अवरोध भए मस्तिष्क क्षति, असक्षमता र मृत्यु पनि हुनसक्छ।

तपाईंको मस्तिष्कमा रगतको आपूर्ति गर्ने चार मुख्य धमनीहरु:

१. बायाँ र दाँया आन्तरिक क्यारोटिड धमनी (Internal carotid artery) र
२. बायाँ र दाँया भर्टीर्ब्रल धमनी हुन् (Vertebral artery)।



दाँया र बायाँ भर्टीर्ब्रल धमनिहरु मस्तिष्कको पीदमा एक एकल बेसिलर (Basilar) धमनीको रूपमा एक साथ आउँछ। बेसिलर धमनी र आन्तरिक क्यारोटिड धमनी प्रणाली मस्तिष्कको पीदमा साथ मिलेर एउटा रिंग (घेरा) बन्छ - धमनीको यो रिंगलाई 'सर्कल अफ विलिस (Circle of willis)' भनिन्छ। विलिस सर्कलले एक सुरक्षा तंत्र प्रदान गर्दछ - यदि यी धमनीहरु मध्ये एक अवरुद्ध भएपनि, "सर्कल" ले अझै पनि मस्तिष्कलाई रगत प्रदान गर्नेछ। सानो रक्त वाहिकाहरू पनि यो धमनीको रिंगबाट हाँगा जस्तै निस्केर तपाईंको दिमागको विभिन्न भागहरू पोषण प्रदान गर्छ।

सामान्य रुपमा कुरा गर्दा भर्टीर्ब्रल धमनि प्रणालीले दिमागको पछिल्लो भागमा रगत आपूर्ति गर्छ भने आन्तरिक क्यारोटिड धमनी प्रणालीले दिमागको अग्घिल्लो भागमा रगत आपूर्ति गर्छ - यसमा पनि आन्तरिक क्यारोटिड धमनीको सदस्य एन्टिर्यओर सेरेब्रल धमनीले (Anterior cerebral artery or ACA) दिमागको भित्री सतह र मिडल सेरेब्रल धमनीले (Middle cerebral artery or MCA) दिमागको बाहिरी सतहमा रगतको आपूर्ति गर्दछ।

जब तपाईंको मस्तिष्क परिसंचरण बिग्रिन्छ, दिमागमा अक्सिजन र ग्लुकोज कम पुग्छ। यो मस्तिष्कको क्षति र न्यूरोलोजिकल समस्याहरूको कारण हुन सक्छ। बिग्रिएको मस्तिष्क परिसंचरणसँग सम्बन्धित केही विकारहरु यी हुन्:

१. मस्तिष्कघात (ब्रेन अट्याक अथवा स्ट्रोक)
२. मस्तिष्क रक्तश्राव (ब्रेन हेम्रेज)
३. मस्तिष्क हाइपोक्सिया (अक्सिजनको कमि हुनु)
४. प्रमस्तिष्क एडिमा (सुन्निनु)

तपाईंको प्रतिक्रिया