विशेष

बोक्सीको टोकाई (Witch bite) - चिकित्सकीय परिप्रेक्ष्यमा

प्रायजसो महिलाहरुले बिहान उठ्दा शरीरमा निलडाम भेट्दा त्यसलाई नेपाली संस्कृतिमा "बोक्सीको टोकाई" को रुपमा लिने गरिएको छ। "बोक...

संदिग्ध मेरुदण्डमा चोट लागेको बिरामीको परिवहन गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरु

घायल व्यक्तिलाई अस्पताल परिवहन गर्दा एकदमै होसियार हुनुपर्छ। ब्लन्ट चोट लागेको लगभग २% बिरामीलाई मेरुदण्डको चोट लागेको हुन्छ र टाउकोको चोट लागेको अवस्थामा अझ यसको सम्भावना बढ्छ। स्पाइनल कर्डको चोट लागेका बिरामीहरुमा थप दोश्रो चोट परे अचानक स्नायविक अवस्था बिग्रिने जोखिम हुन्छ। यस्तो थप दोश्रो चोटको सम्भव कारण अस्थिर मेरुदण्डको चोटको अवस्थामा स्पाइनल कर्डलाई बेपर्वाह तरिकाले संभाल्नु हो। नेपालमा चोट लागेको व्यक्तिलाई अस्पताल पुर्याउन संगठित पूर्व-अस्पताल परिवहन सेवाको कमी छ।

मेरुदण्डको चोट कहिले संखा गर्ने ?


चोट लागेको व्यक्तिमा निम्न कुराहरु देखिए, मेरुदण्डमा चोट लागेको हुनसक्छ भन्ने कुरामा ध्यान पुराउनुपर्छ -

१. टाउकोमा चोट लागेको प्रमाण छ र चेतनाको स्तर निरन्तर परिवर्तन भैरहेको छ

२. होस हराएको

३. ढाड वा गर्दनमा दुखाईको शिकायत गर्छ

४. गर्दन सार्दैन

५. ढाड वा गर्दनमा बढी बलको चोट लागेको छ

६. हातखुट्टामा कमजोरी, झमझमाउने, पक्ष्यघात

७. दिशा-पिसाबमा नियन्त्रण हराउनु

८. गर्दन वा ढाड घुमेको छ वा अचम्मको आसनमा राखिएको छ

९. श्वासप्रश्वासमा अप्ठ्यारो

संदिग्ध मेरुदण्डको चोट लागेको अवस्थामा के गर्ने र के नगर्ने ?

१. एम्बुलेन्सलाई बोलाउन्होस्

२. अत्यावश्यक बाहेकको अवस्थामा बिरामीलाई अचल राख्नुहोस्



३. टाउको र गर्दन अचल राख्न गर्दनको दुवै पक्षमा भारी तौलिया राख्न सक्नुहुन्छ



४. बिरामीलाई होस छ र चल्ने सम्भावना छ भने वा बिरामीले बान्ता गरेको ले सर्किन नदिन कोल्टो फर्काउन पर्दा टाउको, गर्दन र ढाडलाई तटस्थ आसनमा आश्रय दिनुहोस्
  • एक जना टाउको तिर बसेर टाउको र गर्दंलाई तटस्थ राख्ने
  • अर्को व्यक्ति बिरामीको शरीरको दायाँ वा बायाँ बसेर ढाडलाई तटस्थ राख्ने

५. बिरामीको टाउकोमा हेल्मेट छ भने त्यसलाई नझिक्नुहोस्
पुरा पढ्नुहोस

अण्डाको पँहेलो भाग र स्वस्थ मुटु

अण्डाको पोषण सम्बन्धि तथ्यहरु

एउटा ठुलो अण्डामा (५० ग्राम) -
  • क्यालोरी: ७०
  • बोसो: ५ ग्राम (स्याचुरेटेड बोसो १.५ ग्राम; ट्रान्स बोसो ०)
  • कोलेस्ट्रोल: १९५ ग्राम
  • प्रोटिन: ६ ग्राम
क्यालोरी, कोलेस्ट्रोल र बोसोको मुख्य श्रोत अण्डाको पँहेलो भाग हो भने प्रोटिनको मुख्य श्रोत सेतो भाग हो। तर

अण्डाको पँहेलो भागमा थुप्रै तत्वहरु छन् जुन सेतो भागमा पाइँदैन:
  • कोलिन (मस्तिष्क र स्नायुको लागि लाभदायक)
  • लुटिन र ज़ेअजन्थिन (आँखाको लागि लाभदायक)
  • भिटामिन 'ए', 'डी', 'इ' र 'बि१२'
  • फोलिक एसिड
  • क्याल्सियम

रगतमा कोलेस्ट्रोल सम्बन्धि केहि तथ्यहरु


शरीरमा कोलेस्ट्रोलको श्रोत २ ओटा हुन्छन् -
१. खाएको कोलेस्ट्रोल
२. शरीरमा कलेजोले बनाएको कोलेस्ट्रोल

अनुसन्धानले देखाएको छ कि खाएको कोलेस्ट्रोलको रगतमा कोलेस्ट्रोलको मात्रा बढाउन खासै भूमिका हुँदैन। कलेजोमा कोलेस्ट्रोल उत्पादन गर्ने एउटा "एच.एम.जी.कोए" नामक इन्जाइम हुन्छ जसलाई खाएको कोलेस्ट्रोलले पप्रावरोध गर्छ र कोलेस्ट्रोलको उत्पादन कम गर्छ। यसरी सेवन गरिने कोलेस्ट्रोल र कलेजोमा उत्पादन हुने कोलेस्ट्रोल बिच राम्रो सम्झौता हुन्छ र यसले रगतमा कोलेस्ट्रोलको मात्र नियन्त्रण गर्छ।

तर सेवन गरिने स्याचुरेटेड बोसो र ट्रान्स बोसोले चाहिँ कलेजोलाई कोलेस्ट्रोल उत्पादन गर्न उत्तेजित गर्छ। यो पनि याद राख्न जरुरी छ कि धेरै मुटु स्वास्थ्य सम्बन्धित संस्थानहरुको सल्लाह अनुसार -
१. स्वस्थ मानिसले दिनको ३०० ग्राम भन्दा कम कोलेस्ट्रोल सेवन गर्नुपर्छ
२. मधुमेह, मुटु रोग अथवा कोलेस्ट्रोलको समस्या छ भने दिनको २०० ग्राम भन्दा कम कोलेस्ट्रोल सेवन गर्नुपर्छ

अण्डाको पँहेलो भाग हानिकारक छैन

सेवन गरिने कोलेस्ट्रोलले रगतमा कोलेस्ट्रोलको मात्रा हानिकारक रुपमा बढाउने नहुँदा अण्डाको पँहेलो भाग मुटुको लागि स्वस्थ रहेको ठुलो अनुसन्धानहरुले जनाउँछ। यसमा हुने स्याचुरेटेड बोसो पनि कम हुनाले यो स्वस्थ छ।

अण्डाको सेवन मुटुको लागि कहिले हानिकारक हुन्छ?


निस्सन्देह, तपाईले अण्डा के सङ्ग खानुहुन्छ, त्यसले धेरै फरक पर्छ। उदाहरणका लागि मक्खन, पनीर, बेकन, ससेज, मफिन्स, आदिले तपाईंको रगतको कोलेस्ट्रोल अण्डाले भन्दा धेरै बढाउँछ। सेतो टोस्ट, पेस्ट्री, फ्राई गरिएको खानेकुरामा हुने अत्यधिक "खराब कार्बोहाइड्रेट" ले पनि तपाईंको हृदय रोग, स्ट्रोक र अन्य हृदय रोगको जोखिम बढाउन सक्छ।

प्रसोधन गरिएको अण्डाको पँहेलो भाग हानिकारक हुन्छ। अक्सिजन र कोलेस्ट्रोलको समिश्रणबाट 'ओक्सी-स्टेरोल' अथवा अक्सिदैज्द कोलेस्ट्रोल बन्छ। यस्तो हानिकारक कोलेस्ट्रोल "फिटको अण्डा" मा पनि हुन्छ। हाम्रो रक्तनलीको पर्खालमा सामान्य कोलेस्ट्रोलको रिसेप्टर नभएर अक्सिदैज्द कोलेस्ट्रोलको रिसेप्टर हुन्छ र यस्तो 'अक्सि-स्टेरोल' हरु रक्तनलीको पर्खालमा टाँसीदै जाँदा रक्तनली साँघुरिएर हृदयरोगको जोखिम बढ्छ।
पुरा पढ्नुहोस

बोक्सीको टोकाई (Witch bite) - चिकित्सकीय परिप्रेक्ष्यमा

प्रायजसो महिलाहरुले बिहान उठ्दा शरीरमा निलडाम भेट्दा त्यसलाई नेपाली संस्कृतिमा "बोक्सीको टोकाई" को रुपमा लिने गरिएको छ। "बोक्सी" आफै एउटा अन्धविश्वास हुँदा "बोक्सीको टोकाई" को औचित्य कसरी साबित गर्न सकिएला? तर सुत्दा नभएको डाम बिहान उठ्दा कसरी देखियो त? यसको विज्ञानको बारेमा छोटो कुरा गरौँ।

निलडाम कसरी बन्छ?


अंग्रेजीमा यसलाई "bruise" अथवा "contusion" भनिन्छ। कुनै चोटपटक लाग्दा छाला मुनिका स-साना रक्तनलीहरू फुट्दा रगत यथावत बाहिरी छालाको तह मुनि फैलन्छ र निलो डाम देखुनुका साथै सुन्निने र दुख्ने समेत हुन्छ।

चोटपटक नलागी निलडाम कसरी उत्पन्न हुन्छ?


१. छालाका स-साना रक्तनलीलाई सहायता दिने तत्वको समस्या: छालामा "कोलाजेन" हुन्छ जसले रक्तनलीहरुलाई सानोतिनो चोटपटकबाट बचाउँछ। यो "कोलाजेन"को तह पातलो भएमा अनपेक्षित चोटपटकले पनि निलडाम बस्न सक्छ, जस्तै - सुत्दा दबाब पर्ने स्थानहरुमा। बोसो कम छालामा पातलो व्यक्तिमा पनि यस्ता निलडामहरु सजिलै देखिन सकिन्छ। कोलाजेन पातलो हुने केहि कारणहरु -

  • बुढ्यौली
  • लामो समयसम्म घामको अनावरण
  • "कोलाजेन" कम्जोर हुने रोगहरु जस्तै - 'एहलेर डानलोस सिन्ड्रोम'
पुरुषहरुमा भन्दा बढी महिलाहरुमा यो देखिनु पछाडिको रहस्य पनि येही "कोलाजेन" मा लुकेको छ। सामान्यतयाः पुरुषको छालामा भन्दा महिलाको छालामा "कोलाजेन" कम हुने अनुसन्धानहरुले पुष्टि गरेको छ।

२. रक्तनलीको परखालमा कम्जोर हुनु:

रक्तनलीको भित्तालाई बलियो बनाउने पनि "कोलाजेन" नै हो र यो कम्जोर भए रक्तनली सजिलै फुट्ने सम्भावना हुन्छ र यस्तो हुने अवस्था - भिटामिन "सी" को कमि हो। भिटामिन "सी" रक्तनलीको पर्खालको कोलाजेनलाई अत्यावश्यक तत्व हो र यसको कमीले "स्कर्भी" रोग हुन्छ।

अर्को अवस्था जसलाई "भास्कुलाइटिस" भनिन्छ; यसमा पनि रक्तनलीको पर्खालको सूजन हुने भएकोले कम्जोर हुन्छ र सजिलै फुटेर निलडाम बस्छ।

मधुमेहमा पनि "सुगर" लामो समयसम्म उच्च रहँदा रक्तनलीको पर्खाल कम्जोर हुन्छ र मधुमेह रोगीहरुमा यस्ता निलडामहरु पाउनी स्वाभाविक हो।

३. रक्तश्राव रोक्ने रक्तकोषिका "प्ल्याटिलेट" कम हुनु वा कमसल हुनु:

चोटपटक लागेको अवस्थामा रक्तश्राव रोक्न त्यहाँ "प्ल्याटिलेट" जम्मा हुन्छ। यसको कमी हुने केहि अवस्थाहरु -

  • रगत पातलो गर्ने औषधि जस्तै - एस्पिरिन
  • रगतको क्यान्सर - लयूकेमिया
  • गर्भावस्था
  • आई.टि.पी.


४. रगत जमाउने तत्वहरु "कलटिंग फ्याक्टर" कम हुनु:

चोटपटक लागेको ठाउँमा "प्ल्याटिलेट" जम्मा भैसकेपछी त्यसलाई "गम" ले जसरी बलियो गरि संगै टाँस्ने काम 'क्लटिंग फ्याक्टर" ले गर्छ। यसको कमी हुने केहि अवस्थाहरु -

  • रगत पातलो गर्ने औषधि जस्तै - वारफारिन
  • कलेजोको रोग
  • भिटामिन "के" को कमी
त्यसैले ठूलाठूला र बारम्बार देखापर्ने अस्पष्टिकृत निलडामलाई उपेक्षा नगरी त्यसको निम्ति स्वास्थ्यकर्मी सङ्ग सल्लाह लिन आवश्यक हुन्छ।


लेखकको बारे:

डा. सुलभ कुमार श्रेष्ठ

सामाजिक संजाल: Twitter | Facebook | Google Plus
पुरा पढ्नुहोस

नेपालमा मृत्युको शीर्ष १० कारणहरु (Top 10 causes of death in Nepal)

"इन्स्टिच्युट अफ हेल्थ मेत्रिक्स एण्ड एभ्यालुएसन" को आनुसार


१. इस्केमिक मुटु रोग
२. दमरोग
३. मष्तिष्कघात
४. निमोनिया
५. पखाला
६. मधुमेह
७. नवजात एंसेफालोपैथी
८. सडक दुर्घटना
९. क्रोनिक किड्नी डिजिज
१०. क्ष्यरोग
असामयिक निधनका कारणहरु:
१. इस्केमिक मुटु रोग
२. निमोनिया
३. नवजात एंसेफालोपैथी
४. मस्तिष्कघात
५. दमरोग
६. अरु नवजातको मृत्युका कारणहरु
७. पखाला
८. सडक दुर्घटना
९. आत्महत्या
१०. नवजातको अपरिपक्व जन्म

स्वास्थ्य सेवा विभागको बार्षिक रिपोर्ट अनुसार


१. दमरोग
२. अज्ञात कारण
३. निमोनिया (अज्ञात जीवाणु)
४. चोटपटक
५. पखाला
६. मधुमेह
७. निमोनिया (अज्ञात)
८. उच्च रक्तचाप
९. सडक दुर्घटना
१०. मूत्र प्रणालीको समस्या
पुरा पढ्नुहोस

डेङ्गी / डेंगु ज्वरो (Dengue fever)

कारक तत्व: डेंगु भाइरस (४ सेरोटाइप - डेन १, २, ३, र ४)

सार्ने माध्यम (भेक्टर): संक्रमित मान्छेलाई तोकेको स्त्री Aedes (एइडेस) लामखुट्टे (खुट्टामा कालो सेतो धर्काहरु हुन्छन्)



ऊष्मायन अवधि (संक्रमणबाट लक्षण देखिने अन्तराल): ३-१४ दिन (सामान्यता ४-७ दिन)

३ अवस्थाहरु:

१. सामान्य डेंगु ज्वरो

२. रक्तश्राव हुने डेंगु हेमोरेजिक ज्वरो

३. रक्तचाप कम हुने डेंगु शक सिन्ड्रोम

लक्षणहरु:

१. उच्च ज्वरो, अति टाउको दुख्नु, आँखाहरूको पछाडिको भाग दुख्नु, मांसपेशी र जोर्नीको दुखाइ, खाना अरूचि, वाकवाकी र बिबिरा देखिने



२. पहिलो संक्रमणको लक्षणहरू प्राय: सामान्य हुन्छन्। एकपटक सन्चो भइसकेपछि, डेंगु भाइरसको त्यो सेरोटाइपमा प्रतिरक्षा विकास हुन्छ तर अन्य डेंगु भाइरसको सेरोटाइपहरूको लगातार संक्रमणले गम्भीर डेंगु निम्त्याउन सक्नेछन्। सुरूवातमा, २-७ दिनसम्म 40 – 41oC सम्मको उच्च ज्वरो आउने, अनुहारको चमक हराउने र डेंगु ज्वरोको अनिश्चित प्राकृतिक लक्षणहरू देखिन्छन्। पछि, रक्तश्रावका प्रवृति जस्तै - छालामा नीलो डाम देखिनु, नाकबाट सिंगान वा गिंजाबाट रगत बग्नु र सम्भवत: आन्तरिक रक्तश्राव देखिन सक्छन्। धेरैजसो अवस्थाहरूमा, यसले रक्तसञ्चार असफल बनाउँछ, आघात र मृत्यु समेत गराउन सक्छ।

३. यसको संक्रमणबाट निको भएपछि त्यो सेरोटाइपको विरूद्धमा शरीरमा प्रतिरक्षा प्राप्त हुन्छ। यद्यपि, अन्य ३ सेरोटाइपहरूको संक्रमणको कुनै प्रभावकारी सुरक्षा प्रदत्त छैन।

निदान:सेरोलोजिकल परिक्षण (MacELISA, HAI, IgG ELISA)

उपचार: डेंगुको कुनै निर्दिष्ट औषधि छैन। डाक्टरहरुले यसको उपचार लक्षण अनुसार गर्छन।
पुरा पढ्नुहोस